X

पाल्पामा ढिस्काेले पुरिएर कुमालकाे र रूखबाट लडेर पहराइकाे मृत्यु

रानीमहल संवाददाता || १ कार्तिक २०७६,शुक्रबार १८:४०

पाल्पा – पाल्पा जिल्लामा शुक्रबार एकै दिन विभिन्न घटनामा परी दुई जनाको मृत्यु भएको छ । तानसेनको सिल्खानटोलमा घर बनाउने क्रममा घरको गारो भत्किएर एक जना काम गर्ने मजदुरको मृत्यु भएको छ भने रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहामा रुखबा खसेर एक जनाको मृत्यु भएको छ ।


शुक्रबार दिउँशो तानसेन बिशालबजारस्थित रोहित कुमार रामदासको घर बनाउने क्रममा बनासकाली गाउँपालिका वडा नं. १ घोरबन्दाका ४५ वर्षिय हर्कबहादुर कुमालको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । माटोको ढिस्कोले पुरेपछि उपचारका लागि जिल्ला अस्पतालमा उपचारको क्रममा कुमालको मृत्यु भएको हो ।

Dead body in a mortuary


यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा बस्ने ३५ की कमला पहराई घाँस काट्ने क्रममा रुखबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रुखबाट लडेर घाइते हुनुभएका पहराईको उपचारका लागि तानसेनमा ल्याउदैँ गर्दा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys