Erani Mahal
सिद्धबाबाको सुरुङमार्गको काम यसैवर्षदेखि हुने
surung

पाल्पा - पहिरो तथा ढुंगा खसेर सयौंको ज्यान लिइसकेको सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा वुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको काम यसै वर्ष देखि सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको काम यसै वर्षदेखि सुरु हुने बताउनुभएको छ ।

रुपन्देही उद्योग संघको साधारण सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनु भएका पौडेलले उक्त कुरा बताउनु भएको हो । उहाँले चिनियाँ राष्ट्रपतिको गृह नगर सियान शहर र बुटवल उपमहानगरपालिकाबीच भएको भगिनी सम्बन्ध र चीनसँगको सम्बन्धले बुटवल र यस क्षेत्रको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।
महासचिव पौडेलले निजी क्षेत्रको सहकार्य र लगानीबिना समृद्ध राष्ट्र निर्माण सम्भव नभएको भन्दै उहाँले उत्साहका साथ ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।


बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिनुभयो ।
महासचिव पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि सरकार लागि परेको र देशको अर्थतन्त्रलाई बलियो बनाउन लगानी बढाउन निजी क्षेत्रलाई सरकारले अभिपे्ररित गर्ने बताउनुभयो ।

उहाँले हरेक वर्ष जोखिमपूर्ण बनेको बुटवल–पाल्पाको सिद्वबाबाको सडकलाई सुरक्षित बनाउन सुरुङ मार्गका लागि सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै चालू आवमा नै सुरुङ मार्गको काम शुरु हुने जानकारी दिनुभयो । बहुचर्चित कालीगण्डकी तीनाउ डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) निर्माणको काम भइरहेको बताउँदै उहाँले यस सम्बन्धमा देखिएका सबैखाले समस्या समाधान गरेर काम अघि बढाइने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update