Erani Mahal
सीताराम माविमा पुनर्निर्माण प्राधिकरणको चार कोठे भवन बन्ने
pppp

पाल्पा - सीताराम माध्यमिक विद्यालयमा बन्ने ४ कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको ७० लाखको सहयोगमा बन्ने सो भवनको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिलन्यास गर्नुभयो ।

शिलन्यास गर्दै नगरप्रमुख थापाले शैक्षिक बिकास समाज विकासको मेरुदण्ड रहेको बताउनुभयो । विद्यालयको आधारभुत बिकास र अत्यावश्यक सामाग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भुमिका खेल्ने उहाको भनाई थियो ।

नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठले प्राविधिक शिक्षा बिनाको शिक्षा अपुरो हुने अबस्था आइसकेको बताउदै अब प्राबिधिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । ७० लाखको लागतमा कक्षाकोठा भवन र १४ लाखको लागतमा ३ कोठे शौचालय भवन आउदो माघ महिना भित्र बनिसक्ने गरि काम शुरु गरेको प्रधानाध्यापक विश्वनाथ भट्टराईले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा पण्डित ठाकुरप्रसाद भट्टराईले वैदिक परम्परा अनुसार पुजा गराई भवन शिलन्यास गरिएको हो।अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा ४ सय बढी विद्यार्थी पढ्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update