Erani Mahal
पाल्पामा आगलागी हुँदा दुई घर र गोठ जलेर पूर्ण रुपमा नष्ट
72960448_888439988205764_5728585344559874048_n-1

पाल्पा – पाल्पामा बिहीबार दुई वटा घटना भएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ गुहारठानामा आगलागी हुँदा दुई वटा घर र दुई वटा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन ।


अचानक घरमा विद्युत् सट भई आगलागी हुँदा स्थानीय बासिन्दा प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीको घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना हुनेवित्तिकै प्रहरी चौकी बल्ढेङ्गढीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र मल्लको टोली त्यहाँ पुगेको थियो । र स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

दिनहुँजसो दुर्घटना

यता जिल्लामा पछिल्लो साता दिनहुँजसो दुर्घटना बढ्दो छ । बिहीबार पनि पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकाको वडा नं. ५ चर्चरेमा दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २२ प ४२३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ३९ प ३११४ नम्बरको स्कुटी आपसमा ठोक्किएको हो ।
स्कुटी र मोटरसाइकल ठोक्किदा स्कुटी चालक तानसेन–४, बस्ने ५६ वर्षका बोधराज ढुंगाना र स्कुटी पछाडि बस्ने ४५ वर्षकी सरिता ढुंगाना घाइते हुनुभएको छ । उहाँहरु दुबैको उपचार तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेजमा भईरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update