Erani Mahal
पूर्वखाेलामा पालिका स्तरीय भलिबल र खुल्ला व्याडमिन्टन खेल सुरू
cccccccc

पाल्पा - मन्डली स्पोर्टस क्लवको शान खेलकुद तथा लोक संस्कृतिको पहिचान भन्ने नारा सहित पूर्वखोला गाउँपालिका -१ सिलुवा मण्डली स्पोर्स कलब आयोजना र पूर्वखोला गाउँपालिका सह- आयोजनमा पालिका स्तरीय भलिवल खेल र खुल्ला ब्यानमिन्टन खेलको बिहीबारबाट संचालन भएको छ ।

पूर्वखाेला गाउँपालिका अध्य्क्ष नुन बहादुर थापाले खेलकाे उद्घाटन गर्दै पूर्वखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गरेकाे बताउनुभयो । उहाँले खेल क्षेत्रकाे विकासले राष्ट्रकाे पहिचान दिने भन्दै उत्कृष्ठ खेल प्रस्तुत गर्न खेलाडी सबैलाइ आग्रह गर्नुभयाे ।

पाल्पा , स्याङ्जा , तनहुँ लगायताका १२ पालिका भरिको अन्तर पालिका सतरिय खेल हुदैछ । भलिवल खेलको प्रथम द्धितिय तृतिय र सान्तवना क्रमस खेलमा ६० हजार ४० हजार २० हजार र १० हजार सहित शिल र मेडलको व्यवस्था गरियको छ । र ब्यान्मिन्टन खेल तर्फ प्रथम द्धितिय र तृतिय क्रमस २० हजार १० हजार र ५ हजार रहेको छ खेल ३ गते सम्म संचालन हुने छ।

उद्घाटन खेलमा रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका बिच भएको छ । बाँकी खेल १ र २ गते हुने र फाइनल खेल ३ हुने आयोजकले जानकारी गराएको छ । उद्घाटन कार्यक्रमको संचालन मण्डली स्पोर्स क्लवका सचिब कृष्ण पंगेनीको संचालन नुन बहादुर खासुको स्वागत र कलबका अध्यक्ष अन्नत प्रसाद श्रेष्ठकाे अध्यक्षमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update