Erani Mahal
रिव्दिकोट गाउँपालिकाले ख्याहालाई आलुको पकेट क्षेत्र बनाउने
72370533_510841586419251_8004131091826868224_o

४८ क्विन्टल आलुको विउ वितरण

पाल्पा, रिव्दिकोट गाउँपालिकाले ख्याहालाई आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले रिव्दिकोट वडा नं. १ ख्याहालाई आलु खेतिमा आत्मनिर्भर बनाई व्यवसायिक कृषि मार्फत निर्यात गर्ने गरी आलु पकेट क्षेत्रका रुपमा घोषणा गरी सोही अनुसारको कार्यक्रमहरु संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले रानीमहललाई बताउनुभयो ।


उहाँले प्रत्येक वडामा एक एक फरक कार्यक्रम अन्तर्गत ख्याहालाई आलुको पाकेट क्षेत्रको रुपमा अगाडि सारिएको बताउनुभयो ।
किसानहरुलाई आलु खेतिको लागि प्राविधिक सहयोग सँगै ४८ क्विनटल आलुको विउ समेत वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरेर पालिकाले किसानहरुलाई आलुको विउ वितरण गरेको हो ।

वडा न। १ ख्याहाको कृषि कार्यक्रमतर्फ बिनियोजित बजेटबाट कृषकहरुलाइ ५०% अनुदानमा आलुको बीउ बितरण रिएको हो । वडा नम्बर १ लाई आलु पकेट क्षेत्र बनाउने लक्ष्यसहित शुरु गरिएको यस कार्यक्रमबाट कृषक उत्साहित भएका छन्, गाउँपालिकाले वडा र गाउँपालिकालाई यस कार्यक्रम मार्फत आलुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update