Erani Mahal
रामपुर सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न
fg

पाल्पा - रामपुर बचत तथा क्रृण सहकारी संस्था रामपुर पाल्पाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुदै प्रदेश सभा सांसद युवराज खनालले ऋण लिने र बचत गर्ने मात्र नभई सहकारीहरु उत्पादनलाई जोड दिदै उत्पादनमुलक क्षेत्रमा लगानी गरि उत्पादकत्व र बजारीकरणमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।

‘‘जनताको अपेक्षा राज्यको लक्ष्य पुरा गर्न सहकारी लागौं खनालले भन्नुभयो–सहकारीले शेयर सदस्यलाई प्रोत्साहित र लगानी गरेको छ,आबश्यकता अनुसारको लगानी भयो कि भएन यसको खोजी गर्दै साच्चिकै व्यवसायिकतालाई जोड दिऔं ।

उहाँले बजार मात्र होइन प्रशस्त्र जग्गा भएका गाउँमा समेत हरियो र सुकेका खुर्सानी बाहिरबाट भित्रिएका छन् गाउँ समृद्ध हुन तपाई हामी उठेर काम गर्नैपर्छ गरौं धेरै सहकारी भन्दा बलियो सहकारी हुनुपर्छ प्रतिस्पर्धाबाट भएपनि सदस्यको आर्थिक सबललाई सहकारीले पहिलो प्राथमिकता दियोस् उहाँले भन्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खर रहित घर र ढल रहित नगरको परिकल्पना लिएको नगरले सबै घरमा रोजगार सिर्जना गरि आर्थिक सक्षमताका लागि सहकारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

बाहिरबाट तरकारी आयातमा बन्द गर्ने योजनामा नगरपालिका रहेको बताउदै तरकारीमा आत्मनिर्भर गराउन सबै पक्षसँग सहकार्य गरिरहेको बताउनुभयो । राज्यले सहकारीको जिम्मा स्थानीय तहलाई दिएपनि बिज्ञको अभावमा सहकारीलाई नगरले व्यवस्थित गर्नमा समस्या भइरहेको बताउदै नगर प्रमुख थापाले केन्द्र सरकारसँग विज्ञको माग पटक–पटक गरिरहेको बताउनुभयो ।

नेपाल सरकारका पुर्व सचिव तथा कालीगण्डकी उपत्यका विकासका अभियान्ता शान्त बहादुर श्रेष्ठले सहकारीले यो क्षेत्रको विकास र समस्यामा काम गरिरहेको स्मरण गराउदै अब पनि कालीगण्डकी नदी डाईभर्सनले पार्ने असर र यसको प्रभावमा यहाँका नागरिकको धारणा र साथ आबश्यक रहेको बताउनुभयो ।

उहाँले विस्तृत संभाव्यता अध्ययनको रिपोर्टमा राम्दीदेखि १३ सय मिटर तल ३० फिटको डायोमिटरमा सुरुङ्ग खनिने जसमा ९ मिटर गोलाईमा बाध बाधेर २६ किमी लामो सुरुङ्गबाट ८१ दशमलब ९६ क्युसेक प्रतिसेकेण्ड अर्थात् ८ लाख १९ हजार ६ सय लिटर प्रतिसेकेण्ड पानी पठाइने कुरा कसरी तल्लो क्षेत्रलाई असर पर्दैन ।

उहाँले पाल्पा स्याङ्गजाको मात्र नभई पुर्वीय सभ्यताको जगेर्ना गरेको स्वच्छ र औषधिबिज्ञानको आविश्कार तट यही नदी भएको र शालिग्राम पाइने नदीलाई बचाइ राख्न राज्यले पहल गर्नुपर्ने जोड दिनुभयो । उहाँले नदीमा पानीको सतह घटेपछि पार्ने असर रुखो जमिन र आकाशे पानी पर्र्र्ने संभावना निकै कम हुँदा यस क्षेत्र सुख्खा र खण्डहर बन्ने भएकाले नदी बचाउनु पर्नेको अन्य विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नेपाली काग्रेंसका जिल्ला उपसभापति देवराज ढकाल, नगरपालिका वडा नम्बर ६ अध्यक्ष तथा सहकारी विभाग प्रमुख हुमनाथ न्यौपाने, जिल्ला सहकारीका सदस्य सुर्य प्रसाद रेग्मी, छवि खनाल, शेयर सदस्य अर्जुन सुनार, सञ्जु परियारले सहकारीले गरेका काम र आर्थिक सबलिकरणका बारेमा बोल्नुभएको थियो । सोही अबसरमा संस्थाले ७५ बर्ष माथिका ११ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । शेयर सदस्य माधव प्रसाद उपाध्याय, लिला बहादुर गाहा, रामपुर ४ का टेक बहादुर श्रेष्ठ र रामपुर ५ का टेक बहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना, लोक बहादुर क्षेत्री, तेज प्रसाद ढकाल, डिलनारायण श्रेष्ठ, देवकला बश्याल, सुक बहादुर कुमाल र देव बहादुर मल्ललाई सम्मान गरेको छ ।

असल बचतकर्ता महिला पुरस्कार खेमकुमारी सारु मगर, पुरुष तर्फ श्रीकृष्ण श्रेष्ठ, असल क्रृण सदुपयोगकर्ता पुरस्कार महिला डिलकुमारी पुलामी, पुरुषमा देवराज पंगेनी, बालकमा जन्सन थापा र बालिकामा बर्षा अधिकारीलाई पुरस्कार प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले गत असार सम्मको ३७ करोड, २३ लाख बढीको आर्थिक प्रतिवेदन तथा १ करोड १७ लाख ४५ हजार ८ सय ७६ रुपँया ८२ पैसा बराबरको खुद नाफा गर्न सफल भएको जानकारी दिदै युवामुखी कार्यक्रम र उत्पादन तथा उत्पादकत्वलाई जोड दिई सक्षम शेयर सदस्य बनाउने योजनामा काम गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । साथै १ रोपनी बढी क्षेत्रफलमा संस्थाको भवन निर्माण चरणमा रहेको जानकारी गराउनुभएको थियो ।

निस्दीको ५ र पुर्वखोला गाँउपालिकाको एउटा वडा सहित रामपुर नगरपालिका कार्यक्षेत्र बनाएको यस सहकारीमा ३ हजार ८ सय ९६ जना शेयर सदस्य रहेका छन् । संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update