पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको ६४ औँ साधारणसभा तथा १५ औँ अधिवेशन सुरु भएको छ । कार्यक्रमको बुधबार एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्नुभयो । पाल्पाका व्यापारी उद्योगीको साझा संस्थाको रुपमा रहेको संघको अधिवेशन सुरुसँगै अध्यक्षका प्रत्यासीको समेत चर्चा सुरु भएको छ । समारोहमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
वर्तमान संघका अध्यक्ष श्रेष्ठ पुन अध्यक्ष बनेपनि तानसेनमा घटिरहेको व्यापारलाई नयाँ ढंगबाट लैजाने चुनौती छ । वर्तमान उपाध्यक्षले समेत संघमा निर्यायक भूमिका खेल्न नसक्नुभएको आरोप छ । तानसेन लगायत पाल्पाको समग्र उद्योगी व्यवसायीको हित अनुकुल काम हुन नसकेको आरोप संघले विगत देखि नै खेपिरहेको छ ।
तानसेनको समग्र विकासमा भन्दा पनि यहाँका केही पदाधिकारीको व्यक्तिगत स्वार्थमा संघ लिप्त भएको स्वयम् व्यवसायीहरुको आरोप छ । यस्तो अवस्थामा पाल्पाली व्यापारी व्यवसायीहरुले सबैको हितमा निष्पक्ष रुपमा काम गर्ने नेतृत्व खोजिरहेका छन् । यद्यपी सबै व्यापारी व्यवासायी र उद्योगीको हित अनुसार काम गर्ने नेतृत्व चयन गर्ने अधिकार भने संघका सदस्यहरुलाई नै छ । संघले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गर्ने तयारी गरेको छ ।