10
Shares
डुम्रे दुर्घटनाका घाइते खाँडकाे उपचारकाे क्रममा मृत्यु

रानीमहल संवाददाता || २९ आश्विन २०७६,बुधबार १०:३०
पाल्पा – दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तानसेन–८, मदनपोखरा छाँप बस्ने १८ वर्षका आषिश खाँडकाे मृत्यु भएकाे छ । घाइते खाँडको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारकाे क्रममा मंगलबार मृत्यु भएकाे हाे ।

तानसेनबाट बुटवल जाँदै गरेको लु १ च २११३ नम्बरको पीकअप जीप र विपरीत दिशाबाट आइरहेको लु २१ प ६२१७ नम्बरको मोटरसाइकल आइतबार दिउँशो डुम्रेमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी खाँड गम्भीर घाइते हुनुभएकाे थियाे ।