Erani Mahal
सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा : मुख्यमन्त्री पाेखरेल
cm-photo

बुटवल - मुख्यमन्त्रीशंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको छ । उहाँले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताउनु भयो ।


चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपाल र चीन बीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसीहित र सहकार्यमा फाइदा पुगेको र आगामीदिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभयो । दुई मुलुक बीच भाइ भाइको सम्बन्ध छ, त्यही अनुसार सहकार्य र सहयोग गर्दै आएका छौं उहाँले भन्नुभयो ।

हिमाल र नदीले जोडिएका दुई मुलुक बीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझबलियो भएको छ ।
उहाँले छिमेकको विकासलाई साथ साथै अघि बढाउन चीनले अघि सारेको विआरआई प्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागिविआरआई महत्वपूर्ण रहेको बताउनुभयो ।


सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थललुम्बिनीमा स्वागतगर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भव स्थल लुम्बिनी भ्रमणको लागि अनुरोध गर्नुभयो ।
सिचुवानप्रान्त र प्रदेश ५बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदान प्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उहाँले बताउनुभयो । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update