भैरवस्थानमा आएका पर्यटकलाई मध्यनजर गर्दै रिसाेर्ट संचालन

रानीमहल संवाददाता || २८ आश्विन २०७६,मंगलवार १९:४३
पाल्पा – ऐतिहासिक एवं धार्मिक स्थल भैरवस्थान आएका आन्तरिक र बाह्य पर्यटकलाइ मध्यनजर गर्दै पाँच करोड लगानीमा स्तरीय रिसोर्ट सञ्चालनमा आएको छ । पाल्पाको प्रशिद्ध भैरव मन्दिरमा आएका पर्यटकको बसाई सुबिधाका लागि मन्दिर नजिकै होटल व्यवसायी धिरेन प्रधानले समृद्धि रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो ।
भैरव मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप वर्सेनि वृद्धि भईरहेको अवस्था भएपनि पर्यटकका लागि यहाँ बाँस बस्ने रिसोर्ट थिएन । रिसोर्ट सञ्चालक प्रधानले भैरव मन्दिर तथा यस क्षेत्रमा आउने पर्यटकलाई एक रात बस्नका लागि सहज भएको बताउनुभयो ।

उहाँले भैरव मन्दिरमा आएका धार्मिक पर्यटक मन्दिर नजिकै बस्न चाहे बस्न सक्ने र होटल खोज्दै तानसेन लगायत अन्य स्थानमा जान नपर्ने बताउनुभयो । रिसोर्टको सञ्चालनले रिब्दीकोट गाउँपालिकाले सन २०२० मा मनाउने भनेको पर्यटन वर्षलाई सफल बनाउन सहयोग पुग्ने रिब्दीकोट–४, भैरवस्थानका वडाअध्यक्ष दुर्गा खनालले बताउनुभयो ।