Erani Mahal
पाल्पाकाे ज्यामिरेमा ट्रिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक गम्भीर
tiper

पाल्पा – निस्दी गाउँपालिका–७, ज्यामिरेमा चुनढुंगा बोकेको टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ चुनढुंगा लिएर ज्यामिरेको भुटुकेतर्फ गईरहेको लु २ ख ३५८७ नम्बरको नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।


दुर्घटनामा परी टिप्परका सहचालक रुपन्देही जिल्ला रियारी गाउँपालिका–४, बस्ने १८ का विवेक खत्रीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै टिप्परका चालक रिब्दीकोट गाउँपालिका–८, बस्ने ३२ वर्षका गणेश कुँवर गम्भीर घाइते हुनुभएको छ । उहाँको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिनिधि तस्विर : गुगल ।


टिप्पर सडकबाट ३० मीटर तल खसेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शब पठाइएको छ । निस्दी क्षेत्रमा चुनढुंगा बाेक्नका लागि १० चक्के सवारी प्रयाेग हुँदै आएकाे छ ।

१० चक्के, जाेखिमयुक्त सडक र बढी भारले पटक-पटक दुर्घटना

चुनढुंगा बाेक्ने स्थानमा जाने बाटाे अत्यन्त भिरालाे हुँदा यहाँ पटक-पटक दुर्घटना हुने गरेकाे छ । जिल्लाका अन्य स्थानमा भन्दा निस्दीकाे ज्यामिरेमा संचालित खानीबाट ढुंगा बाेक्ने सवारी साधन अत्याधिक दुर्घटना हुने गरेकाे छ । यद्यपी दुर्गम गाउँबाट चुनढुंगा बाेकिने भएकाले सडककाे गुणस्तर र सवारी साधनकाे विषयमा अनुगमन गर्ने निकायकाे पहुँच नै पुग्दैन ।

यतिमात्र हाेइन चुनढुंगा बाेक्ने जिल्लाभरका ट्रिपरले मापदण्ड भन्दा बढी भार बाेक्दै आएका छन् । पाल्पाका चुनखानीबाट ढुंगा बाेक्दै आएका ट्रिपरले १० टन भन्दा बढी ढुंगा बाेक्न नपाउने भए पनि मिलेमताेमा १८ टनसम्म चुनढंगा बाेक्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update