Erani Mahal
पाल्पाकाे चिर्तुङ्धारामा दुई पुस्तापछि पुन: साेरठी नाच देखियाे
ccccc

पाल्पा - जिल्लाकाे चिर्तुङ्धारमा दुइ पुस्ता पछि पुन साेरठी नाच नाच्न सुरू गरिएकाे छ । बाजेकाे पालमा नाचिएकाे साेरठी नाच नातिकाे पालामा आएर सुरू गरिएकाे चिर्तुङ्धाराका स्थानीय बासिन्दाले बताएका छन् ।

आफ्नाे परम्परागत संस्कृतिकाे संरक्षण गर्ने उद्धेश्यले दुइ पुस्ता पछि पुन साेरठी नाच नाच्न सुरू गरेकाे आदिवासी जनजाति महासंघ चिर्तुङ्धाराका अध्यक्ष जाेगबहादुर थापाले जानकारी दिनुभयाे । हाम्राे बाजेकाे पालामा घरमा आगलागी भएर साेरठी नाच नाच्न छाडिएकाे थियाे, अध्यक्ष थापाले भन्नुभयाे यसकाे संरक्षण गर्नुपर्छ भनेर पुन सुरू गरेका छाैँ उहाँले भन्नुभयाे ।

साेरठी नाच प्रदर्शन कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे ।

कार्यक्रममा नेपाल महिला मगर संघकी ५ नं. प्रदेश अध्यक्ष प्रतिक्षा सिंजाली, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष प्रेमसागर शाही, नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरे लगायत, बगनासकाली १, का अध्यक्ष साेमबहादुर झेडी लगायतले संस्कृति, भाषा र धर्मकाे संरक्षणले मानिसकाे पहिचान स्थापित हुने बताउनुभयाे ।

संस्कृति संरक्षणका लागि बगनासकाली गाउँपालिका, वडापालिकाले समेत सहयाेग गरेकाे छ । साेरठी नाच कार्यक्रम जाेगबहादुर थापाकाे अध्यक्षता र सचिव ताराबहादुर सिंजालीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update