Erani Mahal
पाल्पाकाे डुम्रेमा जीप र माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालक गम्भीर घाइते
111-1024x768-1042411311

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–८, डुम्रेमा जीप र मोटरसाइकल आपसमा ठोक्किदा एक जना युवक गम्भीर घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु १ च २११३ नम्बरको पीकअप जीप र विपरीत दिशाबाट आइरहेको लु २१ प ६२१७ नम्बरको मोटरसाइकल आइतबार दिउँशो डुम्रेमा दुर्घटनामा परेको थियो ।

फाइल तस्विर ।


दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन–८, मदनपोखरा छाँप बस्ने १८ वर्षका आषिश खाँड गम्भीर घाइते हुनुभएको छ । घाइते खाँडको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


दुर्घटना के कारणले भएको हो थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update