Erani Mahal
चापपानीलाई 'पूर्ण संस्थागत सुत्केरी वडा' घाेषणा गरियाे
72315276_2499806530248849_8123905970091851776_n

पाल्पा - बगनासकाली- ९ चापपानीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । शनिबार ५ नं. प्रदेशका सांसद वीरबहादुर रानाले चापपानीलाइ पूर्ण संस्थागत वडा घाेषणा गर्नुभयाे । कार्यक्रममा स्वास्थ्य चौकीका अहेव मोहन घिमिरेले स्वास्थ्य चौकीको गर्भवती महिला र संस्थागत सुत्केरी प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

उहाँले मानिसकाे सबैभन्दा ठूलो सम्पत्ति नै शिक्षा र स्वाथ्य भएकोले पनि स्थानीय सरकारले समेत यस क्षेत्रको प्रवर्धन र सुधारका लागि आवश्यक पर्ने बजेट बिनियोजन गर्नु आवश्यक रहेको बताउनुभयाे । उहाँले सबै नागरिकले स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भए सुत्केरी र बच्चाकाे स्वास्थ्य स्वस्थ हुने बताउनुभयाे ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्वास्थ्य क्षेत्रको बिकासका लागि गाउँपालिकाले पर्याप्त बजेट सहितको कार्यक्रम बनाएको बताउनुभयाे । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले असुरक्षित सुत्केरी हुँदा आमा र बच्चा दुबैलाई खतरा हुने भएकोले पनि नियमित रुपमा गर्भजाच र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन सुझाव दिनुभयाे ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत पूर्ण संस्थागत सुत्केरी वडा घाेषणा हुनु महत्वपूर्ण सूचक पूरा भएकाे बताउनुभयाे ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी, वडा नं. ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नं. ३ का अध्यक्ष टिका बहादुर थापा, वडा नं. ४ का अध्यक्ष हुतमानसिं दर्लामी, वडा नं. ५ का अध्यक्ष इश्वर कुमार राना, कार्यक्रममा प्रदेश नं. ५ अर्थमन्त्रालयका लेखा अधिकृत लीला अर्याल, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, चन्द्र मावि चापपानीका सदस्य रणप्रताप खाँण, महिला समूहकी प्रतिनिधि सिता घिमिरे लगायतले शुभकामना दिनुभयाे ।
स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष भोजराज तिमिल्सिनाको स्वागत, वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर तिमिल्सिनाको अध्यक्षता र स्वास्थ्य चौकी प्रमुख सृजना चापागाईको संचालनमा चलेको थियो ।



प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update