Erani Mahal
रामपुरकाे अन्धकार मुक्ति बचत सहकारी संस्थाकाे नयाँ नेतृत्व चयन
72152834_1035411720132509_1017325753529794560_n

पाल्पा - जिल्लाको अग्रणी बित्तिय संस्था तथा नमुना सहकारी अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वर्षिक साधारण सभाद्वारा सहकारीको नयाँ नेतृत्वमा सागर प्रसाद देवकोटा चयन हुनु भएको छ ।

वार्षिक साधारण समितिको निर्वाचनले देवकोटाको अध्यक्षतमा संञ्चालक समिति चयन गरेकाे हो । समितिको उपाध्यक्षमा खगेन्द्र प्रसाद न्यौपाने, सचिवमा ओम प्रकाश बस्याल, सह–सचिवमा यम प्रसाद श्रेष्ठ, कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेल चयन हुनु भएको छ ।

सदस्यहरुमा रमेश पोखरेल, हुम कुमारी सुनारी, सुलेखा भण्डारी, लक्ष्मी देवि ढकाल, पार्वती विश्वकर्मा, उमा कुमारी श्रेष्ठ, मुक्ति प्रसाद भट्टराई र मनोरथ भट्टराई रहनु भएको छ । त्यस्तै विष्णु प्रसाद लम्सालको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन भएको छ । समितिको सदस्यमा कृष्ण भण्डारी र डिल बहादुर राना रहनु भएको छ ।

नवगठित समितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक मोहन भट्टराईले सपथ ग्रहण गराउनु भएको थियो । संस्थाका सल्लाहाकार दयाराम भट्टराई र ध्रुर्वराज पोखरेल नवगठित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ । त्यस्तै नव निर्वाचित अध्यक्ष देवकोटाले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो । नव गठित समितिकोे कार्यकाल ४ वर्षको रहनेछ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update