Erani Mahal
राम्दीमा हाम फालेर एक जना बेपत्ता, युवतीद्वारा पासाे लगाइ आत्महत्या
image_default_22535cd1805af02f6

पाल्पा–जिल्लाको बगनासकाली–५, स्थित राम्दी नदीमा एक जना पुरुषले हाम फाली बेपत्ता भएका छन् । शनिबार बिहान ९ बजेतिर नाम थर थाहा नभएको एक जना पुरुषले राम्दी नदी पुलमुनि ढिकबाट हाम फाली बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्य भईरहेको राम्दी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खडानन्द भुसालले जानकारी दिनुभयो ।

युवतीद्वारा पासो लगाई आत्महत्या
यसैबीच पूर्वखोला गाउँपालिका–२, जल्पा बस्ने एक जना युवतीले पासो लगाई आत्महत्या गरेकी छन् । जल्पाकी २३ वर्षिया मनिसा विकले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । युवतीले आफ्नै घरको माथिल्लो तलामा पासो लगाई आत्महत्या गरेको पूर्वखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश पछाईले जानकारी दिनुभयो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update