Erani Mahal
चिनियाँ राष्ट्रपति सी नेपालमा, राष्ट्रपति भण्डारीले गर्नुभयाे स्वागत
sssd

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएकाे छ ।

शनिबार अपरान्ह काठमाडौं अवतरण गर्नुभएका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्नुभएकाे हाे । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गर्नुभएकाे थियाे ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुग्नुभएकाे थियाे । राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी जानुभएकाे छ ।

यस्तो छ राष्ट्रपति सीको कार्यतालिका

शनिबार
४:५० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान

६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।

६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।

१ः०० बजे
स्वदेश फिर्ता

प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update