Erani Mahal
आइतबार सार्वजनिक विदा
rrr-1

काठमाडौं - चीनका राष्ट्रपति सी चिनफिङले २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्न लाग्नु भएकाले २६ गते आइतबार सार्वजनिक विदा घोषणा गरिएको छ ।


गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शिक्षण संस्था तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई पनि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयाे । उहाँले विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update