Erani Mahal
पाल्पामा ६४  औं प्रहरी दिवस विविध कार्यक्रम सहित मनाइयाे
IMG20191011083336

पाल्पा - नेपाल प्रहरीको स्थापना दिवस पाल्पामा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रहरीको ६४ औं प्रहरी दिवस विविध कार्यक्रम सहित पाल्पामा पनि मनाइएकाे हाे ।

प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारी, विभिन्न माध्यमबाट प्रहरीलाई सहयोग गर्ने संघ संस्था, व्यक्तिहरुलाई सम्मान, पूर्व प्रहरी कर्मचारी र अमर प्रहरी परिवारबीच पुनर्मिलन जस्ता कार्यक्रम भएकाे थियाे । साथै सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सुरक्षा निकायका प्रमुख,पूर्व प्रहरी, अमर प्रहरीका परिवार, पत्रकार, समाजसेवी, प्रहरी अधिकृत, प्रहरी जवान लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी र नागरिक बीचको सम्बन्धलाई निकट बनाउदै लैजानुपर्नेमा जोड दिनुभएकाे थियाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले प्रहरी नागरिकको साथि भएको भन्दै जनता प्रहरीको सहकार्यबाट मात्र प्रहरी सफल हुने बताउनुभयाे । उहाँले अपराध न्युनीकरण गर्न सबैकाे सहकार्य र समन्वयमा जाेड दिनुभयाे ।

प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले सगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्थापना दिवसमा पठाउनुभएकाे शुभकामना सन्देश वाचन गर्नुभएकाे थियाे । कार्यक्रम प्रहरी निरीक्षक देवराज पौडेलको स्वागतबाट कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update