Erani Mahal
शोकमा रहेका खाँण परिवारलाई पाल्पाली सेवा समाज कतारको सहयोग
73381193_521231661771573_5135669159501234176_n

पाल्पा - क्यान्सर रोगबाट ज्यान गुुमाएका पाल्पा रामपुरका लिलाम्बर खाँणको परिवारलाई कतारमा रहेका पाल्पालीहरुले सहयोग गरेका छन् । रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले पाल्पाली सेवा समाज कतार मार्फत रामपुर १ कुमैडाडाँका खाँण परिवारलाई सहयोग गरेका हुन् ।

क्यान्सर पिडित लिलाम्बरको अबस्था सामाजिक सञ्जाल तथा कतारमा रहने छिमेकीहरुबाट थाहा पाएपछि पाल्पाली सेवा समाजले औषधी उपचारका लागि समाजका अध्यक्ष महल बहादुर के.सी.को नेतृत्वमा रकम सङ्कलन गरेको थियो । रकम सङ्कलन गर्दै गर्दा बिरामी खाँणको निधन भएपछि समाजले खाँणको अन्तिम संस्कारमा सहयोग होस् भन्ने हेतुले उठाइएको सो रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

समाजले रामपुर नगरपालिकाका नगर प्रमुख सँगको समन्वयमा खाँण परिवारलाई रकम हस्तान्तरण गरेको छ । नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विहिबार खाँणको घरमा पुँगी स्वर्गिय खाँणको परिवारलाई भेटेर समवेदना सहित उक्त रकम प्रदान गर्नुभयो । खाँणकी छोरी बृहस्पति खाँणलाई सो रकम हस्तान्तरण गर्नुहुदै नगरप्रमुख थापाले जम्मेपछिको जीवनचक्रमा मृत्यु स्वभाबिक भएपनि परिवारको जिम्मेवार अभिभावक सँगै समाजको जिम्मेवार अगुवा गुमाउनु पुग्दा दुखी भएको बताउनुभयो ।

आफ्ना लागि बैदेशिक रोजगारीमा गएपनि छिमेकीको दुःखलाई आत्मसाथ गर्दै रकम सहयोग गर्ने उदार भावनाका कतारमा रहेका पाल्पालीलाई धन्यवाद दिनुभयो । उहाँले सुखदुःखमा छिमेकी, नगरबासी र नेपाली एक भएको यस्ता कयौं उदाहरण रहेको बताउदै परिवार र समाजले अब शोकलाई शक्तिमा बदल्दै समाजमा खाँणले छोड्नुभएको योगदान, प्रेरणा र बाटोलाई अबलम्बन गर्नु आबश्यक रहेको स्मरण गर्नुभयो ।

नगरप्रमुख थापाले पाल्पाली सेवा समाज कतारले सङ्कलन गरि पठाएको ५१ हजार १० रुपँया र रामपुर नगरपालिकाको तर्पmबाट १५ हजार रुपँया खाँण परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । सोही अबसरमा खाँण परिवारको तर्फबाट उत्कृष्ट भलिवल खेलाडी समेत रहनुभएकी खाँणकी छोरी बृहस्पति खाँणले परिवारको तर्फबाट सहयोग गर्ने सम्पुर्ण नेपाली प्रवासीप्रति धन्यवाद दिनुभएको थियो । रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन नगरपालिकाका योजनाबिज्ञ कपिल बहादुर खाँणले गर्नुभएको हो ।

कतारमा रहेका पाल्पाबासी नेपालीहरुले विरामी गाउँलेको उपचारमा केही न केही सहयोग होस् भन्ने हेतुले त्यहाँ रहेका युवाहरुको मनसायबाट स्वतस्फूर्त रकम सङ्कलन गरि घरपरिवारमा पठाएको कतारमा रहनुभएका ईश्वर काफ्लेले जानकारी दिनुभयो । २०२४ साल असार ५ गते जन्मनुभएका लिलाम्बर खाँणको क्यान्सर रोगका कारण गत असोज १३ गते ५२ बर्षको उमेरमा निधन भएको हो । खाँणका श्रीमती, ५ छोरी र १ छोरा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update