Erani Mahal
याे वर्ष गुगलकाे बन्द भएका १० प्राेडक्टहरू
google-pacman-796x419

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगलले विश्वका करोडौँ प्रयोगकर्ताका लागि विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ । सर्च इन्जिन कम्पनी गुगलका प्रडक्टहरुको प्रयोग डेस्कटप तथा मोबाइल डिभाइसहरुमा करोडौँ प्रयोगकर्ताले गरिरहेका छन् ।

गुगलको सबैभन्दा धेरै प्रयोग सेवाहरुमा जिमेल, सर्च इन्जिन तथा युट्युब रहेका छन् । यद्यपि, गुगलले स्मार्टफोन तथा अन्य हार्डवेयर समेत नल्याएको होइन ।

आफ्ना कैयन् वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आएको गुगलले व्यवसायिकताको कसीमा यतिधेरै सजक छ कि उपभोक्ताले नरुचाएका सेवा तथा वस्तुहरु कुनै ढिलाइ नगरिकनै समाप्त गरिदिन्छ ।

यो वर्ष सन् २०१९ मा पनि गुगलले विभिन्न खाले प्रडक्टहरु बन्द गरिदिएको छ । यो वर्ष बन्द भएका प्रडक्ट मध्ये कतिपय वषौँदेखि उपलब्ध थिए भने कतिपय केही महिनाअघि मात्रै लञ्च भएका थिए । यो वर्ष बन्द गरिएका १० वटा गुगल प्रडक्ट यी हुन्ः

· Google+: गुगलले आफ्नो सोसल साइट गुगल प्लसलाई यो वर्ष पूर्णरुपमा बन्द गरिदियो । आठ वर्षअघि सुरु गरेको गुगल प्लसलाई गुगलले बन्द गरिदिएको हो ।

· Google Allo: गुगलको इन्टरनेटमा आधारित टेक्स्ट मेसेजिङ एप Google Allo लाई पनि गुगलले यो वर्ष बन्द गरेको छ । उक्त सर्भिसलाई गुगलले गुगल च्याटको नामबाट रिब्रान्डिङ गरेको थियो । एन्ड्रोइड, आइओएस तथा वेबमा समेत यो सेवा उपलब्ध थियो र त्यसमा भर्चुअल एसिस्टेन्ट तथा इनक्रिप्टेड मोड जस्ता फिचर पनि समावेश थिए ।

· Inbox by Gmail: गुगलको यस सर्भिसमा धेरै फिचरहरु जिमेलको एप्मा पहिले देखिनै विद्यमान थिए । करीब चार वर्ष पूरानो यो एपलाई पनि गुगलले यो वर्ष बन्द गरेको हो ।

· Youtube Gaming: कम्पनीको भिडियो शेयरिङ प्लाटफर्म युट्युबको गेमिंग भिडियो तथा लाइभ स्ट्रिमिंगमा केन्द्रित यो फिचरलाई पनि गुगलले यस वर्ष बन्द गर्यो । यो सर्भिस पनि चार वर्षअघि सुरु गरिएको थियो ।

· Google URL Shorter: कुनै युआरएललाई छोटा बनाउनका लागि यो सेवाको सहयोग लिन सकिन्थ्यो । गुगलको पूरानो सर्भिस मध्येको एक युआरएल शर्टनरलाई पनि गुगलले यो वर्ष बन्द गर्यो जुन नौ वर्षअघि सुरु भएको थियो ।

· Youtube Messages : भिडियो शेयरिङ साइट युट्युबले गेमिङ सर्भिसका अलावा युट्युब मेसेजलाई पनि बन्द गरेको छ । गुगललको बन्द गरिएको नयाँ मध्येको एउटा सेवा हो । यसको सहयोगबाट प्रयोगकर्ताले डाइरेक्ट मेसेज पठाउन सक्दथे र भिडियो शेयर गर्न सक्दथे ।

· Areo M: गुगलको areo एपको सहयोगले प्रयोगकर्ताले मनपर्ने रेष्टुरेन्टबाट खानेकुरा अर्डर गर्न सक्दथे वा रेष्टुरेन्टमा टेबल बुक गर्न सक्दथे ।

· क्रोमकास्ट अडियो: गुगलले यो वर्ष आफ्नो क्रोमकास्ट अडियो हार्डवेयर प्रडक्टको उत्पादन पनि बन्द गर्यो । तीन वर्षअघि लञ्च गरिएको यो प्रडक्टको सहयोगले प्रयोगकर्ताले कुनैपनि डिभाइसबाट स्पिकरमा अडियो स्ट्रिम गर्न सक्दथे ।

· Google Trips: यात्राका शौखिनहरुका लागि यो एपले ट्राभल प्लानिङमा सहयोग गर्दथ्यो । यसका उडान, होटेल, कार तथा रेष्टुरेन्ट बुकिङ जस्ता सुविधा प्रयोगकर्ताका लागि उपलब्ध थिए । यो सर्भिस गुगलले ३ वर्षअघि सुरु गरेको थियो ।

· Data Saver Extension M: गुगल क्रोम ब्राउजरका लागि डाटा सेभर एक्सटेन्सनलाई पनि गुगलले बन्द गरेको छ । यो सर्भिस चार वर्षअघि सुरु गरिएको थियो । यसको सहयोगले धेरै डाटा उपयोग नगरिकनै वेब ब्राउजिङ गर्न सकिन्थ्यो । -एजेन्सी

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update