X

सानै उमेरमा कपाल फुलेकाे भए के गर्ने ? अपनाउनुहाेस् यी उपाय !

रानीमहल संवाददाता || २३ आश्विन २०७६,बिहीबार २०:१२

१.अमला : कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटकसम्म गर्नुस् ।

२ कागती : कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।

३ प्याजको रस : प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि धुनुस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

४ भृंगराज : लौकाको तेल अथवा भृंगराज (एक प्रकारको जडीबुटी)को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो ।

५ तिलको तेल : तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् ।

६ बदामको तेल : बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ।

७ लौकाको रस : जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई (एक प्रकारको हरियो सब्जी)को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys