X

पाल्पामा काँग्रेसका युवा नेता सहित नेकपामा प्रवेश

रानीमहल संवाददाता || २२ आश्विन २०७६,बुधबार ०८:४९

पाल्पा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बल्ढेङगढी वडा कमिटिले गहतेमा बिजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपामा नेपाली काँग्रेसका युवा नेता सहितका युवाहरु प्रवेश गरेका छन् । यसअघि नेपाली काँग्रेसमा क्रियाशिल युवा नेता बल्ढेङ्गगढी गहतेका नबिन खड्का लगायतलाई टिका तथा खादा लगाएर नेकपामा प्रवेश गराउनुभयो । रेशम खड्का, रुमबहादुर खड्का, साबित्रा खड्का लगायतका युवाहरु पनि नेकपामा प्रवेश गर्नुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बल्ढेङगढीको समग्र विकासको लागि नेकपाले मुख्य पहल गरिरहेको बताउनुभयो । नेता गैरेले सुन्दरढुंगा—सालझण्डी मोटरबाटो तीन वर्षभित्रै कालोपत्रे गर्ने गरी नेकपाले पहल गरिरहेको उल्लेख गर्नुभयो ।


बल्ढेङगढीलाई पर्यटकीय हिसाबले पनि बिकास गर्न आवश्यक रहेको भन्दै नेता गैरेले गढी किल्लाको संरक्षण गरेर यसलाई पर्यटनको एक गन्तब्य बनाउन सकिने उल्लेख गर्नुभयो । पार्टीको समृद्धिको अभियानलाई सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।


बल्ढेङगढीलाई कृषि उत्पादनको पकेट क्षेत्र बनाउन सकिने भन्दै नेता गैरेले कफि, दालचिनी, अदुवा आदिको व्यवसायिक खेती गर्न यहाँको माटो उपयुक्त रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैरेले यसअघि नेपाली काँग्रेसमा क्रियाशिल युवा नेता गहतेका नबिन खड्का लगायतलाई टिका तथा खादा लगाएर नेकपामा प्रवेश गराउनुभयो । रेशम खड्का, रुमबहादुर खड्का, साबित्रा खड्का लगायतका युवाहरु पनि नेकपामा प्रवेश गर्नुभयो ।


कार्यक्रममा नेकपाका नेताहरु राजेन्द्र बिक, रामबहादुर राउत, कृष्ण भण्डारी, पत्रकार भुवन कार्की, स्थानीय नेताहरु कुलबहादुर खड्का, भोजराज खड्का, झपिन्द्र रायमाझी, गोबिन्द कार्की, रामबहादुर कुँवर लागयतले बोल्दै दशैंको शुभकामना आदानप्रदान गर्नुभयो ।
नेकपा वडा कमिटिका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys