Erani Mahal
तानसेनमा वडा स्तरीय भलिबल र मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
Friends playing volleyball

पाल्पा– तानसेन युवा परिषदले नेपालीहरुको महान चाडको अवसरमा मैत्रीपूर्ण फुटवल र तानसेन वडा स्तरीय भलिवल प्रतियोगिता गर्ने भएको छ ।


तानसेन युवा परिषदको बैठकले आउँदो कार्तिक १७ गते देखि नपाका १४ वटा वडा स्तरीय भलिवल प्रतियोगिता गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो । अध्यक्ष आत्रेयका अनुसार तानसेनको वडा स्तरीय प्रतियोगिताबाट खेलाडिहरु चयन गरेर नगरपालिका स्तरीय भलिबल टिम बनाउने उद्देश्यले प्रतियोगिता राखिएको हो ।


तानसेन नगरपालिकाको स्थायी बासिन्दाले मात्र भाग लिन पाउने यो प्रतियोगितामा प्रथम हुनेलाई ७० हजार र दोस्रोे हुनेलाई ५० हजार राशिको पुरस्कार साथै मेडल, सिल्ड र प्रमाण पत्रको व्यवस्था रहेको छ ।

Friends playing volleyball


प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कारको समेत व्यवस्था गरिएको परिषदका सचिव धनेन्द्र घिमिरेले जानकारी दिनुभयो । साथै तानसेन युवा परिषदले दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा तानसेन युवा परिषद, तानसेन नगरपालिका जनप्रतिनिधी, तानसेन नगरपालिका कर्मचारी, नेपाल पत्रकार महासघ पाल्पा लगायतका टिमविच हुनेछ ।


तानसेन युवा परिषद बैठकमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले युवा स्वरोजगार बृद्धिका लागि नगरपालिकाले कर्जा, उत्पादन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा काम गरिरहेकाले युवाहरुले यसबाट फाईदा लिन आग्रह गर्नुभयो । रचनात्मकता र क्रियाशीलता नै युवाको पहिचान भएकाले समृद्धिको लागी युवाको कार्य नै मुलुकको लागि अपरिहार्य रहेको प्रमुख शाहीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update