X

बेथल भूपू विद्यार्थी समाजको ९ औं साधारण सभा तथा शुभकामना कार्यक्रम सम्पन्न

रानीमहल संवाददाता || २२ आश्विन २०७६,बुधबार ०८:२८

पाल्पा– नेपालीहरुको महान पर्व शुभ विजया दशमी र दिपावलीको अवसरमा बेथल बोर्डिङ स्कुल तानसेनमा गठित बेथल भूपू विद्यार्थी समाजको ९ औं साधारण सभा तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रमको अवसरमा त्यस विद्यालयबाट एस.एल.सी. उतिर्ण भू. पु. विद्यार्थीहरुले स्वदेश तथा विदेशका कलेजहरुमा अध्ययनरत रहदाँ आफूहरुले भोगेका अनुभवहरु तथा उच्च शिक्षा अध्ययनको लागि विषय छनौट गर्दा ध्यान दिनु पु¥याउनु पर्ने कुराहरुको बारेमा हाल कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थी तथा भू. पु. विद्यार्थीहरुका विच अनुभव आदान प्रदान गरेका थिए ।


समाजका अध्यक्ष मनिष ज्ञवालीले वर्ष २०७५÷७६ मा सम्पन्न गरेका कार्यक्रमहरु तथा आर्थिक गतिविद्यी सहितको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गन्ु भएको थियो । सो अवसरमा आठौ राष्ट्रिय खेलकुदमा पाल्पा जिल्लाबाट एक मात्र स्वर्ण पदक विजेता पूर्व विद्यार्थी साजन पचभैया, एस.इ.इ. परीक्षा २०७५ मा ब्ं प्राप्त तथा २०७६ साल सम्ममा ं२ र स्नातक तह उर्तीण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले बेथल स्कुलबाट उत्पादित पूर्व विद्यार्थीहरुमा रहेको सामाजिकीकरण सीप तथा नेतृत्व विकासको साथै उच्च शिक्षा अध्ययनमा गरेको प्रगति वास्तवमै उल्लेखनीय र सिकाई योग्य रहेको विचार राख्दै विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।


सो अवसरमा समाजका संरक्षक तथा प्रिन्सिपल संरक्षक खेमबहादुर सारु, सहायक प्रिन्सिपल महेन्द्र कुमार पोखरेल, शिक्षक रमेश कार्की, पूर्व अध्यक्ष निर्मल सोमै, सृजना सारु विद्यार्थीहरु शालिकराम न्यौपाने, अर्जुन सारु, साजन पचभैया, दिलिप बराल शुभकामना मन्तब्य राख्नु भएको थियो । भू. पु. विद्यार्थी समाजका कोषाध्यक्ष सौगात कार्कीको स्वागतबाट शुरु भएको कार्यक्रम अध्यक्ष मनिष ज्ञवालीको अध्यक्षता र सचिव अप्सना काम्मुको सञ्चालनमा सम्पन्न भएको थियो ।


९ औं साधारण सभाबाट वर्ष २०७६–७७ को लागि अप्सना कामुको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा सौगात कार्की, सचिव शोभा छन्त्याल, कोषाध्यक्ष सम्रात जर्घा, सह सचिव शितल बिरकट्टा र सदस्यहरुमा प्रकाश खाती, अर्जुन सारु, मेरिना राना, लिनिषा गाहा, मनिषा कोइराला, अरुण कार्की, अपेक्षा नेपाल र आराधना श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys