Erani Mahal
आज विजयादशमी : उत्तम साइत १० बजेर ३५ मिनेटमा, अरू बेला पनि टिका लगाउन सकिने
dddd

काठमाडौं – आज मंगलबार अर्थात २०७६ सालकाे विजयादशमी । आज परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

शुभसाइत १० बजेर ३५ मिनेटमा भनेपनि आज बिहानैदेखि दिनभर टिका लगाउन सकिने समितिकाे भनाइ छ । यसबाहेक नेपालमा आजदेखि पूर्णिमासम्म विजयादशमीकाे टिका लगाउने प्रचलन रहेकाे छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ ।  विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।

आज बिहानैदेखि टीका ग्रहण गर्न जाने र आउनेकाे भीडभाड छ । आफन्त, मान्यजनकाे हातबाट टीका लगाउन जान र आउनेहरू बिहानैदेखि क्रियाशिल छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update