Erani Mahal
अमेरिकी र बेलायती वैज्ञानिकलाई नोबेल पुरस्कार
hhhhh

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ रणनीति बनाउन बाटो खुलेको नोबेल कमिटी अफ द क्यारोलिन्स्का इन्स्टीच्यूटले विश्लेषण गरेको छ ।

तस्विर : गुगल ।

पुरस्कार जित्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी कायलिन जुनियर, जोन्स होप्किन्स युनिभर्सिटीका डा. ग्रेग एल सेमेन्जा र बेलायतको फ्रान्सीस क्रिक इन्स्टीच्युटका पिटर जे राट्क्लिफ छन् । पुरस्कारको राशी ९ लाख १८ हजार डलर रहेको छ ।

सन् १९०१ देखि वितरण गर्न थालिएको भौतिकशास्त्र तथा मेडिसिन विधामा यो १ सय १० औं अवार्ड हो । अवार्ड घोषणा गर्दै नोबेल कमिटीले तीन वैज्ञानिकहरुले गरेको खोज निकै महत्वपूर्ण रहेको बताएको छ । -एजेन्सी ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update