Erani Mahal
पाल्पामा देखिन छाडे पिङ्ग, युवापुस्ता माेबाइल, तास र अन्य रमाइलाेमै व्यस्त
71534611_2927891510558430_2471709565238902784_n

पाल्पा - नेपालीहरुको मुख्य चाडहरु दशैँ, तिहारमा मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ । तर पछिल्लाे समयमा पिङ् देखिन छाडेकाे छ । केही दशकअघिसम्म स–साना उमेरका केटाकेटीहरु दिनभरजसो पिङमै झुम्मिने गर्दथे, अहिले त्यस्ता पिङ् देखिनै छाडे ।

पाल्पाकाे ग्रामीण भेग, शहरमा पनि राेटेपिङ् लिङ्गे पिङ्, डाेरे पिङ् देखिन्थ्याे । तर अचेल यस्ता पिङ् शहरमा मात्र हाेइन, गाउँमा पनि देखिन छाड्याे । पाल्पाकाे डाँडाबस्ती, रमाइलाे गर्ने स्थान, खुला मैदानमा यस्ता पिङ् देखिन्थ्याे तर अहिले यस्ता पिङकाे संख्या घट्दाे छ ।

दशैँ तिहारकाे बेलामा गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङमा मच्चिन पाउँदाको आनन्द नै बेग्लै हुन्छ । बुढाबुढीहरु पनि वर्षमा एकपटक त धर्ती छोड्नुपर्छ भन्दै पिङ खेल्दथे । सबै उमेर समूहका लागि पिङ मनोरञ्जनको एउटा महत्वपूर्ण साधन हो । यद्यपी अचेल पिङ् देखिन छाडेकाेमा सबैकाे चिन्ता छ ।

मानिसले मनाेरन्जन गर्ने साधनकाे विकास र नयाँ पुस्तामा पिङ्प्रति देखिएकाे अरूचिका कारण अचेल पिङकाे महत्व नै घटेकाे छ । पिङ् भन्दा माेबाइल, इन्टरनेट, माेबाइल गेम, तास, खाेडखाेडेमा रमाउने युवापङ्ती धेरै छन् । यसले परम्परादेखि चल्दै रहेकाे पिङ् लाेप हुने अवस्थामा पुगेकाे पाकापुस्ता बताउँछन् ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update