भाेलि टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा, कुन देशमा कति बजे लगाउने ? (सूचना सहित)

रानीमहल संवाददाता || २० आश्विन २०७६,सोमबार २०:४४
काठमाडौं – भाेलि मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
शुभसाइत १० बजेर ३५ मिनेटमा भनेपनि भाेलि बिहानैदेखि दिनभर टिका लगाउन सकिने समितिकाे भनाइ छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ । असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको समितिले जनाएको छ।
सूचना हेर्नुहाेस्
