Erani Mahal
दुर्घटनामा तीन जनाकाे मृत्यु, छ जना घाईते (नामावली सहित)
ds

अर्घाखाँची - अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउदै लु १ ज ४३२९ नम्वरकाेे बलेराे जिप दुर्घटना हुदा ३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयाे ।

मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उहाँकी श्रीमति वर्ष ४६की श्यामकला खनाल रहेका प्रहरीकाे भनाई छ ।

एक जना मृतक पुरूषकाे सनाखत हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिनुभयाे। दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते हुनुभएकाे छ ।

घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले बताउनुभयाे । अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update