Erani Mahal
जीप दुर्घटनामा तीन जनाकाे मृत्यु, पाँच जना घाइते
Jip_Accident

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको  लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको हो । 


दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानकारी दिनुभएकाे छ । जीपमा  ८  जना सवार रहेको जनाइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।  

प्रतिनिधि तस्विर ।

घटनास्थलबाट ५ जना घाइतेलाइ उपचारको लागि सन्धिखर्क ल्याउँदै गरिएको र आफूहरु घटनास्थल तर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

मृतक र घाइतेहरुकाे परिचय खुल्न र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update