Erani Mahal
रामतुलसी भुपु विद्यार्थी मन्चको भेटघाट
72123310_2499946390088647_7114869159845953536_n-1

पाल्पा - पाल्पाको रामपुरमा रहेको रामतुलसी मा विको पुर्व विद्यार्थी मञ्चको आयोजनामा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम विद्यालयमा भएको छ ।

गतवर्ष स्थापना भएको विद्यार्थी मञ्चले दशैका अबसरमा गाउँ फर्कने सहपाठी तथा स्कुले पुर्व विद्यार्थीको जमघट गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विद्यालयका पहिलो ब्याजका एसएलसी विद्यार्थी तथा प्रदेश सांसद युवराज खनालले जिल्लाकै अग्रणी, यस क्षेत्रको शिक्षाको धरोहर विद्यालयको गरिमा जोगाउन भुपु विद्यार्थीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

चाडपर्वको शुभकामना दिनुहुदै खनालले खाएर /नखाएर, नङ्ग्रा खियाएर उदय बनाएको विद्यालयको गौरव प्रशासनको जिम्मेवारिताले सफल बन्दै गएको बताउनुभयो । गुणस्तर बिकासमा अब्बल भएपनी पुर्ण छैन खनालले भन्नुभयो-बिकास र गुणस्तर बढाउन आफ्नो ठाउबाट सहयोग पुर्‍याउनेछु । उहाले प्रदेश सरकारले रामपुर देखि कपुरकोट सम्मको बाटो बनाउने जिम्मेवारी लिएको साथै मदनभण्डारी राजमार्गले रामपुर चिनाउने र बनाउने बताउदै कृषिमा राम्रो भएकोमा व्यबसायिक र कोल्डस्टोरमा राख्ने गरि गरिनुपर्नेमा जोड दिनुभयो ।


विद्यालयका सस्थापक प्र.अ. सुरेन्द्र शर्माले अठोट र संकल्प बोकेर उदय गराएको स्कुलको प्रगती र विद्यालयको उत्पादन विद्यार्थीको सफलताले छाती चौडा हुने गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण सुनाम, प्र.अ. बालकृष्ण लम्साल, मन्चका सल्लाहकारहरु कल्प पौडेल, सन्दिप राना,बिष्णु प्रसाद श्रेष्ठ, दरैठाटी मा वि पुर्व विद्यार्थी मञ्च अध्यक्ष बासुदेव ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अबसरमा भुपु विद्यार्थी मञ्चले स्कुलका सस्थापक प्र अ तथा हेडसर सुरेन्द्र शर्मालाई मायाको चिनो पाल्पाली करुवा र सम्मान पत्रले सम्मान गरेको छ । त्यस्तै मञ्चले विद्यालयलाई घडी प्रदान गरेको छ । भुपु विद्यार्थी मञ्च अध्यक्ष शालिकराम कडेलको अध्यक्षता, उपाध्यक्ष राम बहादुर रानाको स्वागत र सचिव बिष्णु रेग्मीको संचालनमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update