Erani Mahal
गाई मारेको अभियोगमा पाल्पामा एक पक्राउ
pakrau

पाल्पा - गाई मारेको अभियोगमा पाल्पा निस्दी १ बाकामलाङ राइकाभञ्ज्याङ्का एक व्यक्ति पक्राउ परेका छन् ।

शनिवार गाई मारेको आरोपमा ३९ बर्षका भक्त बहादुर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा राम प्रसाद खत्रीको ९ बर्षको गाईलाई ढुङ्गाले हानेर मारेको अभियोगमा उनलाइ पक्राउ गरिएकाे हाे ।

पक्राउपछि थप अनुसन्धानका भइरहेकाे इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update