Erani Mahal
बल्ढेङगढीमा शुभकामना आदानप्रदान कार्यक्रम
71260652_2476615639240587_3611070676976271360_n-1

पाल्पा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बल्ढेङगढी वडा कमिटिले शनिबार गहतेमा बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बल्ढेङगढीको समग्र विकासको लागि नेकपाले मुख्य पहल गरिरहेको बताउनुभयो ।

नेता गैरेले सुन्दरढुंगा—सालझण्डी मोटरबाटो तीन वर्षभित्रै कालोपत्रे गर्ने गरी नेकपाले पहल गरिरहेको उल्लेख गर्नुभयो । बल्ढेङगढीलाई पर्यटकीय हिसाबले पनि बिकास गर्न आवश्यक रहेको भन्दै नेता गैरेले गढी किल्लाको संरक्षण गरेर यसलाई पर्यटनको एक गन्तब्य बनाउन सकिने उल्लेख गर्नुभयो ।

पार्टीको समृद्धिको अभियानलाई सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । बल्ढेङगढीलाई कृषि उत्पादनको पकेट क्षेत्र बनाउन सकिने भन्दै नेता गैरेले कफि, दालचिनी, अदुवा आदिको व्यवसायिक खेती गर्न यहाँको माटो उपयुक्त रहेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा गैरेले यसअघि नेपाली काँग्रेसमा क्रियाशिल युवा नेता गहतेका नबिन खड्का लगायतलाई टिका तथा खादा लगाएर नेकपामा प्रवेश गराउनुभयो । रेशम खड्का, रुमबहादुर खड्का, साबित्रा खड्का लगायतका युवाहरु पनि नेकपामा प्रवेश गर्नुभयो ।


कार्यक्रममा नेकपाका नेताहरु राजेन्द्र बिक, रामबहादुर राउत, कृष्ण भण्डारी, पत्रकार भुवन कार्की, स्थानीय नेताहरु कुलबहादुर खड्का, भोजराज खड्का, झपिन्द्र रायमाझी, गोबिन्द कार्की, रामबहादुर कुँवर लागयतले बोल्दै दशैंको शुभकामना आदानप्रदान गर्नुभयो ।


नेकपा वडा कमिटिका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update