Erani Mahal
कालीगण्डकी फाउन्डेशनद्वारा शुभकामना आदानप्रदान
71309330_390793854925716_3249996508728131584_n

पाल्पा - कालीगण्डकी फाउन्डेशन नेपालद्दारा नेपालीहरुको विभिन्न चाडपर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले मुलुकमा निती अभाव नरहे पनि नैतिकताको खडेरी देखिन थालेको बताउनु भएको छ ।

उहाँले राज्य सञ्चालकहरु बाटै बेलाबेलामा संविधान र नितीलाई मिचेर अघि बढ्ने प्रयास हुँदा समस्या देखिन थालेको बताउनुभयो । राज्य संञ्चालकहरुबाटै गणतन्त्रलाई खतरामा पार्ने क्रियाकलाप बेला मौकामा उब्जिएको छ, रानाले भन्नुभयो-संघीयता संगै जनताका चाहाना अनुसार काममा नलाग्दा व्यवस्था र राजनैतिक दल प्रति नै जनतामा वितृष्णा बढेको छ ।

जनप्रतिनिधिहरु काममा लाग्ने समय आएको उल्लेख गर्दै रानाले बहुमत जहाँ जस्को आए पनि जनताको भावना अनुसार आफ्नो मात्र दल र मान्छे नभनी तिनै तहको सरकारले काम गर्नु आवश्यक रहेको उहाको भनाइ थियो । कार्यक्रममा रामपुुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासको लागि संघसंस्थाहरु संग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो ।

उहाँले रामपुर नगरपालिकाले हाल दिगोविकासको लागि योजना निर्माण गरिरहेको भन्दै कालीनदी संरक्षणको अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी फाउण्डेशन नेपाललाई कालीगण्डकी बेशीका स्थानिय तहहरुलाई समेटेर पर्यटन, धार्मिक स्थलहरुको प्रवर्द्धनमा लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले विभिन्न दातृनिकाय तथा गैरसरकारी संस्थाबाट प्राप्त सम्पति राज्यको भएकाले यसको उचित संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका अर्का सल्लाहकार लेखनाथ पोखरेलले जसरी कालीनदीले आफ्ना वरपरका साना नदीहरुको संरक्षण गरेको छ यस क्षेत्रको प्राकृतिक धरोहरलाई जोगाएको छ सोही अनुसार काम गर्दै सबैलाई समावेश गरेर अघि बढ्न सुझाव दिनुभयो ।

रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य राजु प्रसाद श्रेष्ठले नाम अनुसार काम गर्दै जान आग्रह गर्नुभयो । कार्यक्रममा अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले कालीनदी धार्मिक संगै पर्यटनको विकासको लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कालीनदीको बारेमा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको र सम्भावना पनि रहेकोले यसलाई प्रचार प्रसार गर्न सके लाखौं पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण, नेपाल कम्युनिष्ट पार्टी नेकपा पाल्पाका जिल्ला सदस्य दुर्गा देवी राना, नेपाली कांग्रेस रामपुरका नगर सचिव चिरञ्जीवी सिग्देल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, राम मन्दिर संरक्षण समितिका अध्यक्ष फणेश्वर गौतम, युवा निर बहादुर सारु लगाएतका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका सहित वरपरका जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना आदनप्रदान गरेका थिए । होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको संयोजकत्व, उपाध्यक्ष पवित्रा पौडेल ढकालको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update