Erani Mahal
कचलको रिङ्सिङलेक सहकारीको ७ औं वार्षिक साधारण सभा
71186621_726575017815866_8318637077168128000_n

पाल्पा– तिनाउँ गाउँपालिका वडा नं. १ कचल ओखलढुङ्गामा रहेको रिङ्सिङलेक सामुदायिक विकास कृषि सहकारीको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष लोकबहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले सहकारीले कृषि र पशुपालनमा लगानी गरेर ग्रामीण क्षेत्रको अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभयो ।


गाउँपालिकाले एक घर एक सहकारी सदस्यको नीति लिएको बताउँदै प्रमुख अतिथि घर्तीले सहकारीले सबै किसान, विपन्न समुदायहरुलाई आर्थिक विकास र सामाजिक विकासमा सहयोग गर्न गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, कानूनी सल्लाहकार नारायण ज्ञवाली, वडा सदस्य बलबहादुर सारु, भुवन चिदी, खुमबहादुर चिदी, नरबहादुर गाहा, धनबहादुर घर्ती लगायतले शुभकामना दिर्दै सहकारीको प्रगतिको कामना गर्नुभयो ।

संस्थाका अध्यक्ष लोकबहादुर लम्तरीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भुवन लम्तरीले वार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
४ सय २१ सेयर सदस्य रहेको सहकारीमा १ करोड ५९ लाखको कारोवार गरेको छ । जुनु कुमारी विकको स्वागत मन्तव्य र सचिव मानबहादुर रानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा सेयर सदस्यका छोराछोरीहरु एसइइ र कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी, जेष्ठ नागरिक सदस्य केहर सिंह नेपाली र असल ऋणि सीता चिदीलाई समेत सम्मान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update