Erani Mahal
देशभरका दशैँघरमा फूलपाती भित्र्याइदैँ
daishain

पाल्पा - असोज शुक्ल सप्तमीका दिन देशभरका दशैँघरमा सरकारी तबरबाट र स्थानीय बासिन्दाले फूलपाती भित्र्याउँदैछन् । केराको पात, अदुवा, दारिम, बयर, फूललाई दशैँघरमा ल्याउने चलन छ ।

पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैघरमा शनिबार बिहान फुलपाती भित्रयाइएकाे छ । तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुई सय वर्ष अघि स्थापना गरेको दशैघरमा परम्परा धान्दै बडादशैको फुलपाती भित्रयाईएको हो ।

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पुजाआजा गर्ने परम्परा छ । सिलेखाना परिसरमा रहेको कोतघरमा दैनिक सैनिक सलामी सहित पुजाआजा गरिन्छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरवार परिसरमा रहेको दशैघरवाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको गाेरख दल गण नागपोखरी व्यारेक गएका थिए ।

यस्तै पाल्पाका विभिन्न शक्तिपीठहरूमा पूजाआजा शनिबार बिहानैदेखि सुरू भएकाे छ । पाल्पाकाे भैरवस्थान, भगवती मन्दिर, विभिन्न स्थानका काेटघर, थुम्कामा बली दिने, भाकल गर्ने क्रम सुरू भएकाे छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०७६  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update