Erani Mahal
पाल्पाकाे बलिहाङ्गढी क्षेत्रमा विकास समिति बन्याे
balihanggadi

पाल्पा - ऐतिहासिक महत्व बोकेको पाल्पाको बलिहाङगढी क्षेत्र बिकास समितिले कमल रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष सोम बहादुर रायमाझी, सचिब मिन बहादुर रास्कोटी, कोषाध्यक्षमा तुला रास्कोटी चयन भएको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ बल्ढेङगढीले जानकारी दिएको छ ।

वडा कार्यालयमा भएको भेलाले सदस्यहरुमा भुवन रास्कोटी, डाल बहादुर सारु, टेक बहादुर सारु, कमला सारु, गोविन्द कार्की, रुपकला सास्कोटी र भुमकला रास्कोटी चयन भएको वडा कार्यालयको सुचना शाखाले जनाएको छ ।

रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन मगरको संरक्षक रहने गरि झपिन्द्र रायमाझी र रमेश कार्कीलाई सल्लाकार समेत भेलाले मनोनित गरेको स्थानीय सुरेश रायमाझीले जानकारी दिनुभयाे ।

१४ औ शताव्दीका स्वणिम युगका मगर राजा बलिहाङ राजाको राजदरवार रहेको यस क्षेत्रको बिकासका लागि स्थापना भएको यो विकास समितिलाई स्थानिय सरकारले नयाँ कार्यसमितिको चयन गर्दै संरक्षणलाई अगाडी बढाउने योजना थालिएको रैनादेवि छहरा गाउँपालिकाले जनाएको छ ।

हिमाल र लुम्बिनी एकै ठाउँ बाट देखिने यस क्षेत्र अहिले पर्यटकहरुको आर्कषणको केन्द्र समेत बनेको पाईन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update