Erani Mahal
बृद्धभत्ता टाेलमै पुगेर वितरण, पूर्वखाेलाका जेष्ठ नागरिक खुसी
71659167_2390690327714594_8470611750452985856_n

पाल्पा – पूर्वखोला गाउँपालिकाले जेष्ठ नागरिकलाई बृद्ध भत्ता टोलटोलमा पुगेर वितरण गरेको छ । जेष्ठ नागरिकलाई भत्ता लिन सहज होस् भनेर गाउँपाािलकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।


टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि अशक्त जेष्ठ नागरिकलाई सहज भएको छ । अशक्तलाई घण्टौँ हिडेर भत्ता लिन जानुपर्ने बाध्यता हटाउन टोलमै पुगेर भत्ता वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।


यो वर्ष सरकारले दुई हजार रुपियाँबाट बढाएर तीन हजार रुपियाँ जेष्ठ नागरिकलाई मासिक भत्ता दिने व्यवस्था गरेको छ । नेकपाले चुनावताका बृद्ध भत्ता पाँच हजार पु¥याउने घोषणा गरे अनुसार केन्द्र सरकारले यो वर्ष एक हजार बृद्ध भत्ता बढाएर तीन हजार पु¥याएको छ । यसबाट जेष्ठ नागरिक खुसी मात्र होइन, उनीहरुको दैनिकी पनि सहज रुपमा चलेको छ ।


पूर्वखोला–३, अर्खलडाँडाका ७२ वर्षिय गणेशबहादुर पन्थीले बृद्धभत्ताले आफ्नो दैनिकी राम्रोसँग चलेकोमा खुसी हुनुभयो । आफ्नो अन्य आयस्रोत केही नभएकाले शरीरले केही गर्न नसक्ने उमेरमा भत्ता पाएकोमा उहाँ खुसी हुनुभएको हो ।

३ रिङ्नेरह अर्खलडाडा ७२ बर्षे गणेष बहादुर पन्धी ले बृद्ध भता बाट आफ्नो दैनिकी संचालन गर्न सहज भयको बताउनु भयो । वडा नं. ३ का अध्यक्ष निलकण्ठ भट्टराईले बृद्धबृद्धाका लागि सहज होस् भनेर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।


उता गाउँपालिकाले अति बिपन्न व्यक्तिहरुलाई छनौट गरेर खरको छानो हटाउने अभियान अन्तर्गत टिनको छानो समेत वितरण गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update