Erani Mahal
शुभकामना आदान-प्रदान र 'हाम्राे तानसेन' सार्वजनिक
71520098_438054040399307_8568065911313924096_n

प्रवेश पन्थी, पाल्पा – तानसेन नगरपालिका, पत्रकार र कर्मचारीहरुको बीचमा बडादशैँ, दिपावली, नेपाल सम्वत र छठ पर्वको शुभकामना आदानप्रदान भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बडा दशैँले सबैलाई जनताको पक्षमा काम गर्ने प्रेरणा मिल्ने बताउनुभयो ।

उहाँले नेपाली समाजमा दिपावली, नेपाल सम्वत र छठ जस्ता पर्वहरुको अत्यत्नै महत्व रहेकाले यस्ता पर्वहरूले मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्ने बताउनुभयो । उहाँले नेपालका पर्वहरूले नेपालका विभिन्न जाति, समुदायमा फरक फरक सन्देश दिएकाे बताउनुभयाे ।


कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, नगरपालिकाका प्रवक्ता दोमोदर घिमिरे, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, तानसेन नगरपालिका भित्रका वडाका वडाअध्यक्षहरू, पत्रकारहरु, शाखा प्रमुखहरुले शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

कार्यक्रम नगरप्रमुख शाहीको अध्यक्षता र प्रेस सल्लाहकार गोविन्द भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।


'हाम्रो तानसेन' बुलेटिन सार्वजनिक
यसैबीच तानसेन नगरपालिकाले प्रकाशन गरेको 'हाम्रो तानसेन' त्रैमासिक बुलेटिन समेत सार्वजनिक गरिएको छ ।

नगरपालिकाभित्रका विविध पक्षलाई समेटेर प्रकाशन गरिएको बुलेटिन नगरप्रमुख शाहीले सार्वजनिक गर्नुभयो ।

बुलेटिन विगत दुई वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आएको छ । यो अंकको बुलेटिनभित्र तानसेनको विकास, समृद्धि सहित विगत, वर्तमान र भविष्यलाई समेटेर सामग्री समेटिएकाे बुलेटिनका प्रधानसम्पादक गोविन्द प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update