Erani Mahal
बेथल बाेर्डिङ् स्कुल मातहत भूपु विद्यार्थीकाे नवाैं साधारणसभा
55

पाल्पा - नेपालीहरुको महान पर्व शुभ विजया दशमी र दिपावलीको अवसरमा बेथल बोर्डिङ स्कुलमा गठित बेथल भू. पु. विद्यार्थी समाजको ९ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा त्यस विद्यालयबाट एसएलसी उतिर्ण भूपु विद्यार्थीहरुले स्वदेश तथा विदेशका कलेजहरुमा अध्ययनरत रहदा आफूहरुले भोगेका अनुभवहरु साटासाट गरेका थिए । उनीहरुले उच्च शिक्षा अध्ययनको लागि विषय छनौट गर्दा ध्यान दिनु पु¥याउनु पर्ने कुराहरुको बारेमा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई जानकारी गराएका थिए ।


समाजका अध्यक्ष मनिष ज्ञवालीले वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमहरु तथा आर्थिक गतिविधि सहितको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा आठौ राष्ट्रिय खेलकुदमा पाल्पा जिल्लाबाट एक मात्र स्वर्ण पदक विजेता पूर्व विद्यार्थी साजन पचभैया, एसइइ परीक्षा २०७५ मा एप्लस प्राप्त तथा २०७६ सालसम्ममा दश जोड दुई र स्नातक तह उर्तीण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले बेथल स्कुलबाट उत्पादित पूर्व विद्यार्थीहरुमा रहेको सिप तथा नेतृत्वको कदर गर्नुभयो । उहाँले उच्च शिक्षा अध्ययनमा गरेको प्रगति उल्लेखनीय र अनुशरणयोग्य रहेको उल्लेख गर्नुभयो ।


यस्तै समाजका संरक्षक तथा प्रिन्सिपल संरक्षक खेमबहादुर सारु, सहायक प्रिन्सिपल महेन्द्र कुमार पोखरेल, शिक्षक रमेश कार्की, पूर्व अध्यक्ष निर्मल सोमै, सृजना सारु विद्यार्थीहरु शालिकराम न्यौपाने, अर्जुन सारु, साजन पचभैया, दिलिप बराल शुभकामना मन्तब्य राख्नु भएको थियो ।
भू. पु. विद्यार्थी समाजका कोषाध्यक्ष सौगात कार्कीको स्वागतबाट शुरु भएको कार्यक्रम अध्यक्ष मनिष ज्ञवालीको अध्यक्षता र सचिव अप्सना काम्मुको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा आउँदै गरेको विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान गरिएको थियो ।


९ औं साधारण सभाबाट वर्ष २०७६–७७ को लागि अप्सना कामुको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा सौगात कार्की, सचिव शोभा छन्त्याल, कोषाध्यक्ष सम्रात जर्घा, सह सचिव शितल बिरकट्टा र सदस्यहरुमा प्रकाश खाती, अर्जुन सारु, मेरिना राना, लिनिषा गाहा, मनिषा कोइराला, अरुण कार्की, अपेक्षा नेपाल र आराधना श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update