युथ युनियन क्लब मटेरीद्वारा आयोजित फुटबल प्रतियोगिता जारी

सीता डाेटेल || १५ आश्विन २०७६,बुधबार २१:१९
पाल्पा – विजयादशमीको अवसर पारेर युथ युनियन मटेरीले रामपुर ५ ठुलोटारमा आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता जारी छ ।
मंगलवार रामपुर मटेरी ठुलोटारमा एक कार्यक्रमका बिच रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्लले खेल उद्घाटन गर्दै खेलले समग्र युवा शक्तिको विकासमा भुमिका खेल्ने बताउनुभयो ।

आयोजक युथ युनियन र रामपुर युवा क्लब बिचको पहिलो उद्घाटन खेलमा आयोजक युथ युनियन A बिजयी भएको खेल संयोजक कमल रानाले बताउनुभयो । बुधबार ४ खेल सकिएको छ । प्रतियोगिता आउँदो १८ गते सकिने आयोजक युथ युनियन क्लबका अध्यक्ष अमिर रानाले जानकारी दिनुभयो ।