Erani Mahal
पूर्वखाेलाकाे ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा घाेषित
72444857_469346273792841_7956151299198681088_n

पाल्पा - पूर्वखोला गाउँपालिकाले सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको छ । बैशाख २३ गते बिरकोटलाइ पूर्णा संस्थागत वडा घोषणा गर्दै अन्तिम वडा नं. १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरे संगै गाउँपालिकाका ६ वटै वडा पूर्ण संस्थागत सुत्केरी वडा भएको हो ।

पूर्वखोला गाउँपालिकाले सुत्केरी हुने सुबिधा ६ ओटै वडामा स्वास्थ्य चौकी र ३ स्वास्थ्य एकाइ मार्फत सेवा दिदै आएको छ । औपचारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि गाउँपालिका नै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका भएको छ ।

प्रदेश नं. ५ का सांसद युवराज खनालले बुधबार वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नु भएको हो । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै प्रदेश सांसद युवराज खनालले स्थानीयसंगै संघीय र प्रदेश सरकार संविधानले प्रदान गरेको स्वस्थ्य सम्बन्धी अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयाे ।

उहाँले आमा तथा बच्चाको सुरक्षाको लागि स्थानीय तहले चालेको कदमको प्रशंसा गर्दै घोषणा संगै निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयाे । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वडा नं. १ का वडा अध्यक्ष भोग बहादुर थापा र सिलुवा स्वस्थ्य चौकी प्रमुख बसन्ता केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाले संभवत प्रदेश नं. ५ मै पहिलो पटक सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सफल भएको बताए उहाले गत बर्ष सवै वडामा बर्थिङ सेन्टर घोषणा गरेको बताउदै यस पाली पूर्ण संथागत सुत्केरी घोषणा गर्न सफल भएको बताउनु भयो ।

नेपाल सरकार बाट शुत्केरी हुदा २ हजार र नियमित ४ पटक गर्भ परिक्षण गरेको खन्डमा थप ८०० र गाउपालिकाको तर्फ बाट ४ पटक गर्भ परिक्षण गरे वापत १ क्यारेट अण्डा र ६०० रुपैया दिने गरेको छ । कार्यक्रममा पूर्व खोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थीले संविधानले प्रदान गरेको अधिकार प्रयोग गरि काम शुभारम्भ गरेको बताउनुभयाे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेल, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्य, स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकाल, सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदिप आचार्य, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

महिला स्वास्थ्य स्वयम सेविका कमला ढकालले घोषणा संगै स्थानीयहरुलाई थप जागरुक गराई निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताउनुभयाे । गाउँपालिका सुचना अधिकारी मोहन ढकाले सिलुवामा जम्मा ९४ जना सुत्केरी भएकोमा ४२ जनाले सिलुवा स्वस्थ्य चौकी बाट र ५२ जनाले अन्य स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएको बताउनुभयाे ।

त्यस्तै गाउपालिका भरी १६९ जानाले पूर्वखोला गाउँपालिका बाट सेवा लिएको र १४१ जनाले बाहिरबाट सेवा लिएको र घरमा कोही पनि सुत्केरी भएका छैनन् । पूर्वखोला १ का वडाअध्यक्ष भोग बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सिलुवा स्वस्थ्य चौकीका प्रमुख बसन्ता केसीको स्वागत र हात्तीलेक सामुदायिक विकास बहुउद्देश्य सहकारी संस्थाका प्रमुख ज्ञान बहादुर रानाको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update