Erani Mahal
पाल्पा उवासंघ र पाल्पा व्यापार संघकाे शुभकामना आदान-प्रदान कार्यक्रम
71324848_1026679950835929_3816102455658151936_n

तानसेन - पाल्पा उद्याेग वाणिज्य संघ र पाल्पा व्यापार संघले नेपालीहरूकाे बडा दशैँ, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरूकाे शुभकामना आदान प्रदान गरेकाे छ ।

तानसेनमा मंगलबार आयाेजित कार्यक्रममा दुबै व्यापारी तथा उद्यागीहरूकाे संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । पाल्पा उद्याेग वाणिज्य संघकाे आयाेजनामा भएकाे कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ, प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, निवर्तमान अध्यक्ष राजु महर्जन, सल्लाहकार बुद्धिप्रसाद शर्मा, जनमाेर्चा पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपा प्रातान्त्रिकका जिल्ला अध्यक्ष रेवन्तबहादुर विष्ट, लगायतले शुभकामना दिनुभएकाे थियाे ।

कार्यक्रम पाल्पा उवासंघका अध्यक्ष माेहन श्रेषठकाे अध्यक्षता, महासचिव यादवसिंह कार्की, उपाध्यक्ष शैलेन्द्र भट्टराइकाे स्वागतमा सम्पन्न भएकाे थियाे ।

यस्तै पाल्पा व्यापार संघकाे आयाेजनमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरुले खस्कदैँ गएकाे तानसेनकाे व्यापारका बारेमा चिन्ता व्यक्त गर्नुभएकाे थियाे । वक्ताहरूले व्यापारी एवं व्यवसायीले अत्याधिक महंगाे भाडा तिर्नुपर्ने कारण बिक्री गर्नुपर्ने सामग्री समेत महंगाे हुँदा व्यापार खस्केकाे बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासद डा. पुरनमान बज्राचार्य, विशेष अतिथि जिल्ला समन्वय समिति का प्रमुख दयाराज बश्याल, नेकपाका नेता धनेन्द्र राज घिमिरे, नेपाली काङ्ग्रेस का नेता माधव नेपाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि टिकाराम पौडेलले बाेल्नुभएकाे थियाे । यस्तै निमिक्त प्रमुख जिल्ला अधिकारी रमा श्रेष्ठ, नेपाल पत्रकार महासंङघका पूर्व अध्यक्ष भगवान भन्डारी, महासंघका काेषाध्यक्ष मिलन विश्वकर्मा, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल लगायतले सुभकामना दिनुभएकाे थियाे ।

कार्यक्रम उपाध्यक्ष बामदेब बश्यालकाे स्वागत, सचिव पर्शराम पाैडेलकाे संचालन र अध्यक्ष चिरन्जीवि पाेखरेलकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update