Erani Mahal
तानसेनमा बजार अनुगमन गर्दा अखाध्य वस्तु भेटियो
IMG_2314-Copy

पाल्पा- तानसेन नगरपालिकाकाले तानसेनको बजार अनुगमन गरेको छ । तानसेन नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृतको संयोजकतामा गएको अनुगमन टोलिले तानसेन नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा तेर्सो सडक , सित्तल पार्टी हुलाक चोकमा अनुगमन गरेकाे हाे ।

समाचार प्रतिनिधि तस्वीर गुगलबाट ।

उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि ,उपभोक्ता हित सम्रक्षणका प्रतिनिधि तानसेन नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । यस अनुगमन तानसेन बजारका ८ ओटा व्यवसायमा गरिएको थियो ।

८ ओटा व्यवसायमा गरिएको अनुगमनमा अखाध्य बस्तुहरु भेटिएका थिए बिजुली तोरीको तेल (५ लिऽ ल्याकटो चकलेट ३ प्याक बेबी कोर्न (१० प्याक अर्गानिक कर्ङग २ पिस, पाउ ११ रेल, अम्चुर २ पिस, बत्तिस मसला ७ पिस र १२ प्याक चकलेट अखाध्यवस्तु वरामद गरी नष्ट गरिएको छ ।


उक्त सामाग्री हरुलाइ तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत , जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, उपभोक्ता हित सम्रक्षणका प्रतिनिधि तानसेन नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नस्ट गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update