Erani Mahal
भारतीय नेटवर्किङ कम्पनीले नेपालीलाई ठग्दै
BusinessNetworking1-800x309

१४ असोज, काठमाडौं । नेपालमा नेटवर्किङ व्यवसाय अवैधानिक भएपनि भारतीय विभिन्न नेटवर्किङ कम्पनीले नेपालीलाइ ठगि गर्दै अाइरहेका छन् ।

विभिन्न नाममा सन्चालित नेटवर्किङबाट नेपालीहरु ठगिँदै गरेको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ ।

नागरिक दैनिकमा ‘फेरि युनिटीजस्तै ठगीधन्दा’ शीर्षकको मुख्य समाचार छ । भारतीय ओरियन्स नामको कम्पनीले युनिटीले जस्तै नेपालीहरुलाई ठग्दै आएको समाचारमा उल्लेख छ ।

‘भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अवैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चालेको फेला परेको हो,’ समाचारमा लेखिएको छ, ‘युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बीमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो ।’

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update