Erani Mahal
नेपाल दक्षिण एसियाकै पहिलाे खुला दिशा मुक्त देश
खुला

काठमाडौं । सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमको अन्त्यतिर मञ्चको अगाडि एक हुल बिद्यार्थी देखिए । उनीहरुले नारा लगाए, ‘खुला दिसा बाई बाई, पूर्ण सरसफाइ हाई हाई ।’

अर्थात, नेपाल खुला दिसामुक्त भएको र अब पूर्ण सरसफाइतिर अग्रसर हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाललाई खुला दिसामुक्त बनाउन विद्यार्थी, नागरिक समाज, सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको चर्चा गरेका थिए । यस सम्बन्धि समाचार अनलाइन खबरले लेखेकाे छ ।

विश्वकै पहिलो खुला दिसामुक्त देश !

खानेपानी मन्त्रालयका सचिव माधव बेलबासे ‘सम्भवत विश्वमै पहिलो पटक नेपाल खुला दिसामुक्त राष्ट्र घोषित’ भएको बताउँछन् । तर, खानेपानी मन्त्रालयले नै तयार पारेको र सार्वजनिक गरेको तथ्यहरुमा ‘नेपाल दक्षिण एसियाकै पहिलो खुला मुक्त राष्ट्र’ भनेर लेखिएको छ । तर, विश्वमै खुला दिसामुक्त राष्ट्र घोषित भएको भन्न हिचकिचाउन आवश्यक नरहेको खानेपानी विभागका उपमहानिर्देशक रमाकान्त दुवाडी बताउँछन् ।

‘औपचारिक रुपमै खुला दिसामुक्त भयो भनेर विश्वमै अहिलेसम्म कसैले घोषणा गरेको छैन । तर, ब्यवहारमा हाम्रो भन्दा राम्रो सरसफाइ भएको देश कति छन् कति’ उपमहानिर्देशक दुवाडीले भन्नुभयाे, ‘हामीले ७५३ वटै स्थानीय तह, जिल्ला हुँदै पुरै नेपाललाई घोषणा गर्यौं । त्यसकारण विश्वकै पहिलो भन्न हिचकिचाइरहनुपर्दैन ।’

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update