Erani Mahal
पाल्पाकाे रिब्दीकाेटमा एक जना पुरूष मृत भेटिए
sab

पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिका–३, चकल्दी बस्ने ३५ वर्षका विष्णु थापा मृत अवस्थामा भेटिएका छन् । गत असोज १० गतेदेखि आफूखुसी घरबाट हिड्नुभएका थापा रिब्दीकोट–७, गहतरेमा सोमबार मृत अवस्थामा फेला पर्नुभएको हो ।


चार दिनदेखि हराउनुभएका थापाको आफन्तले खोजी गर्दा सोमबार गहतरे सडकको २ सय ५० मीटर तल फेला पर्नुभएको हो । उहाँको भीरबाट लडेर ज्यान गएको हुन सक्ने आफन्तले जनाएका छन् ।


यद्यपी प्रहरीले भने अनुसन्धान भईरहेको जनाएको छ । के कारणले थापाको मृत्यु भएको हो, त्यसबाट अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update