Erani Mahal
मिमराङ इन्टरनेसनलकाे सेवा सुरू
72385859_786797305109825_674478369923923968_n

पोखरा - आइतबारबाट पोखराको रानीपौवामा मिमराङ इन्टरनेसनल कम्पनीको औपचारिक सुरुआत भएको छ ।

कम्पनीले विषेश गरेर विज्ञापनमार्फत व्यवसायका प्रर्वद्धन गर्ने उद्देश्य लिएको कम्पनीका सञ्चालक तिलक थापामगरले जानकारी दिनुभएकाे छ । यी बाहेक कम्पनीले फोटोग्राफी, वेवसाइट निर्माण, इभेन्ट म्यानेज्मेन्ट, लोगो तथा अन्य कार्यका डिजाइन लगायतका कार्य समेत गर्ने उहाँको भनाई छ ।

‘हामीले कम्पनी मार्फत व्यवसायलाई प्रर्वद्धन गर्ने लक्ष्य लिएका छौं ।’ सञ्चालक थापाले भन्नुभयाे । यस्तै अर्का सञ्चालक पवन थापामगरले आफूहरुको कम्पनीले व्यवसायीको व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास राख्नुभयाे ।

वेवसाइट निर्माणदेखि धेरै कामहरु एजेन्सीले काम गर्ने उनको भनाई थियो । कार्यक्रममा पत्रकार, व्यवसायी, तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update